कोहलपुरको चौराहमा निःशूल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७९, शनिबार

नेपालगन्जः बाँकेको कोहलपुरस्थित चौराहामा आज शनिवार निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मध्यपश्चिम जनसेवा यातायात प्रालिको आयोजना तथा कौशिल्या अस्पताल प्रालिको प्राविधिक सहयोगमा निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

खासगरी यातायात व्यवसायी, चालक र सहचालकलाई लक्षित गरी संचालनमा ल्याइएको शिविरको उद्घाटन गर्दै बाँकेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख हिमालय शाहले यस्ता शिविरले चालक र सहचालकहरुलाई स्वस्थ रहेर सवारीसाधन चलाउन अभिप्रेरित गर्ने बताउनुभयो ।

उहाँले सवारी साधन चलाउँदा चालक र सहचालक मानसिक तथा शारिरीकरुपमा स्वस्थ हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मध्यपश्चिम जनसेवा यातायात प्रालिका अध्यक्ष विश्वराज खनालले चालक तथा सहचालकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर प्रालिले स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।

स्वास्थ्य शिविरमा आँखा जाँच, सुगर तथा ब्लडप्रेसरको चेकजाँच गरिएको छ । यसअघि शुक्रबार बर्दियाको बासगढीमा पनि यस्तै खाले शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा सर्वसाधरणसहित करिव ८० जनाले सेवा लिएका थिए । अस्पतालका निर्देशक राम न्यौपानेले शिविरमा सेवा लिएका व्यक्तिहरुलाई पछि विरामी पर्दा अस्पतालमा शिविरको पर्चा देखाए विशेष छुट दिइने जानकारी दिनुभयो ।

  • ३ बैशाख २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech