नेपालगन्जः स्टाफ नर्स सुनिता सहकारीलाई जनसेवा श्री पदकबाट विभूषित गरिएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहाकारीलाई जनसेवा श्री पदकबाट विभूषित गर्नुभएको हो ।
गएको असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको हो ।
स्टाफ नर्स सहाकारीले भेरी अस्पतालमा रहेर कोरोना महामारीमा अहोरात्र खटिएर बिरामीको सेवा गर्नु भएको थियो ।