भेरी अस्पतालका ल्याव प्रमुख मिश्र जनसेवा श्री पदकबाट विभूषित

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७९, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका ल्याव प्रमुख प्रसन्न मिश्रलाई जनसेवा श्री पदकबाट विभूषित गरिएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख मिश्रलाई जनसेवा श्री पदकबाट विभूषित गर्नुभएको हो ।

गएको असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको हो ।

कोरोना महामारीमा मानिसहरुको नमुना संकलन र परीक्षणको व्यवस्थापनमा मिश्र नेतृत्वको टीमले प्रभावकारी भूमिका निर्वाह गरेको थियो ।

  • १ बैशाख २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech