स्वस्थ्य बीमा बोर्डद्वारा मोबाइल एप्लिकेसन सार्वजनिक

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य बीमा बोर्डको ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन उद्घाटन तथा सार्वजनिक गनुृभएको छ।

बोर्डले स्वास्थ्य बीमा दिवसको अवसरमा शुक्रबारदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

यस्तै, राज्यमन्त्री खापुङले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बीमा बोर्डबाट अनलाईन नवीकरण सेवाको उद्घाटन समेत गरेको बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताउनुभयो ।

सुरुवात समेत एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाउन सकिने रिजालले बताउनुभयो ।

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech