बाँकेमा एकलाख बढी बालबालिकालाई टाइफाइड खोप !

बाँकेमा यही २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ ।


    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७८, सोमबार

नेपालगन्जः बाँकेमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । बाँकेमा यही २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा जिल्ला खोप समन्वय समितिका पदाधिकारी र संचारकर्मीलाई आयोजना गरेको अभिमुखिकरणमा एक लाख १५ हजार दुई सय बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक अजय श्रीवास्तवको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा खोप फोकलपर्सन श्रेष्ठले विद्यालयमै बालबालिकालाई खोप लगाउन लागिएको छ ।

उहाँका अनुसार दुई सय बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र बनाइएको छ । अभिमुखिकरणमा वरिष्ठ बालरोग विशेषज्ञ डा विनोद खेतानले दूषित पानी र प्रदूषित खाद्य पदार्थको सेवनबाट यो रोग सर्ने भएकाले टाइफाइडबाट जोगिन ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यायल बाँकेका प्रमुख धीरजंग शाहले बाँके पूर्णखोप जिल्ला घोषित भइसकेकाले खोपको दीगोपनाका लागि यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले खोप अभियानमा सहभागी हुन आव्हान गर्नुभयो ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech