थप ८३ जनामा कोरोना पुष्टि, १ सय ३० जना निको

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ८४ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ ।

अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार सात सय ४६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख तीन हजार पाँच सय ३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech