चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै धेरै, ठाउँठाउँमा लकडाउन

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७८, मंगलवार

नेपालगन्जः चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो दुई हप्तामा यसअघिका रेकर्ड तोड्ने गरी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । उत्तरपूर्वी सहर चाङ्गचुन र सेनझेन सहरमा यसै हप्ता लकडाउन घोषणा गरिएको छ।

साङ्घाईमा विद्यालय बन्द छन् । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले यसै हप्ता जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको थियो ।

सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ । चीनमा पहिलो पटक सन् २०१९ को डिसेम्बरमा कोरोनाको भाइरस देखिएको थियो ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech