बुटवलः रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निर्माण हुने १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले उक्त आज आइतवार शिलान्यास गर्नुभएको हो । उहाँले शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो ।
गृहमन्त्री खाँणले पालिकाहरुमा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास भइरहेको बताउनुभयो ।
उहाँले लुम्बिनी सांस्कृतिक नगरपालिकामा सुविधासम्पन्न अस्पतालको निर्माणले यस क्षेत्रका उत्पीडित समुदाय सबैभन्दा बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
‘अस्पताल बनेपछि यहाँका सवै नागरिकले लाभ त लिनुहुन्छ उहाँले भन्नुभयो–‘अझ बढी तल्लो वर्गले लाभ लिनेछ ।’
अस्पतालको शिलान्यासका क्रममा गृहमन्त्री खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।