नेपालगन्जः चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उहाँको नवजात शिशुको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका ४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उहाँकी नवजात शिशु (छोरी)को मृत्यु भएको हो ।
गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माउनुभएको थियो । उहाँको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताउनुभयो ।
यो निकै कम महिलामा देखिने समस्या हो । हामीले बचाउने प्रयास गर्यौं उहाँले भन्नुभयो-‘तर अन्तिममा मल्टिपल अर्गान फेल्योर भयो ।’