बाँकेमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः बाँकेमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, जिल्लाका तीन वटा ल्याबमा ५९ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको हो ।

भेरी अस्पतालमा १७ जनामा एकजना र कोहलपुर मेडिकल कलेजमा ३३ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ ।

बागेश्वरी ल्याबमा नौ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन । बाँकेमा सक्रिय संक्रमित ६ जना रहेका छन् । भेरी अस्पतालमा दुई जनाको उपचार भइरहेको छ ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech