थप ८८ जनामा कोरोना पुष्टि, ३ सय ७६ जना निको

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरेर आठ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा तीन सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सहित कोरोनाबाट निको हुनेको सङ्ख्या नौ लाख ५९ हजार चार सय ६९ जना पुगेको छ । अहिले ६ हजार एक सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३३ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech