सल्यानमा स्थानीय प्रशासनले कोरोना सम्बन्धी सबै प्रतिबन्ध हटायो

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः कोरोनाको महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण घट्दै गएपछि एक सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालय सल्यानले लगाएको प्रतिबन्ध हटाएको हो ।

महामारी घटेकै कारण लगाएको प्रतिबन्ध हटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । प्रचलित कानुनबमोजिम राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक लगायत क्रियाकलाप प्रचलित स्वास्थ्य मापदण्ड पालना गरी नियमित सन्चालन गर्न उहाँले जिल्लाबासीलाई आग्रह गर्नुभएको छ ।

महामारी नियन्त्रण भए पनि नियमित मास्कको प्रयोग गर्न र खोप लगाउन योग्य भएका, छुटेका सबैलाई सम्बन्धित स्वास्थ्यसंस्थामा गएर खोप लगाउन उहाँको सुझाव छ। उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले जिल्लामा महामारीको रुप नलिए पनि ४ सयभन्दा बढी मानिसहरू संक्रमित भएका थिए ।

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech