कर्णाली कोरिडोर निर्माणमा खटिएका सेनालाई कार्यस्थलमै बुस्टर खोप

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः कर्णाली करिडोर निर्माणमा खटिएका नेपाली सेना र सर्वसाधारणलाई कार्यस्थलमै कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइएको छ।

कोरिडोरको सुनाखाडा खण्डमा सडक निर्माणमा खटिएका सेना र सर्वसाधारणलाई खार्पुनाथ गाउँपालिकाले बुस्टर खोप लगाएको हो।

खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको दुल्लीकुनादेखि लालीबगर क्षेत्रमा सडक निर्माणमा खटिएका नेपाली सेना र सर्वसाधारणलाई बुस्टर मात्रा लगाइएको जानकारी दिनुभयो ।

सेना र सर्वसाधारण कामदारले बुस्टर मात्रा नलगाएको जानकारी आएपछि तत्काल निर्माणस्थलमा स्वास्थ्यकर्मी परिचालन गरेर खोप लगाइएको उहाँले बताउनुभयो।

हाल सडक निर्माणस्थलमा नेपाली सेना र सर्वसाधारणको चार समूह गरी ३५ जनाले काम गर्दै आएका छन्। २१ जना नेपाली सेना र १० जना सर्वसाधारण कामदारलाई बुस्टर मात्रा लगाइएको छ।

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech