अछामकाे साँफेबगरमा घरघर पुगेर गर्भवतीलाई कोसेली

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः अछाम जिल्लाको साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ।

उपमेयर विर्मलादेवी वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिनुभएको हो । नगरपालिकाको १४ वटा वडाका ३३८ जना गर्भवतीलाई कोसेली दिइएको हो।

उहाँका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्गेट मञ्जन, ब्रस, साबुन, मास्क र एक प्याकेट नून दिइएको हो।

गर्भवतीका लागि पौष्टिक आहार लिएर घरआँगनमै आउनु खुसीको कुरा भएको साँफेबगर नगरपालिका ४ मष्टमाडौंकी सरिता भुलले बताउनुभयो ।

गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उहाँको भनाइ छ।

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech