सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन अन्तरक्रिया

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७८, आईतवार

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउनका लागि विभिन्न व्यक्तित्वसँग आज अन्तरक्रिया गरेको छ ।

यही फागुन २८ गतेदेखि बाँकेमा औषधी खुवाइदैछ । बाँकेवासीले सन् २०११ देखि हात्तीपाइले रोगविरुद्धको औषधी खाइरहेका छन् ।

सबैले औषधी नखाइदिंदा १२ औं चरणमा आइपुग्दासम्म बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान सफल हुन सकेको छैन । यसपाली सबैलाई औषधी खुवाउन स्वास्थ्य कार्यालयले विभिन्न व्यक्तित्वहरुसँग अन्तरक्रिया गरिरहेको छ ।

बाँकेको नेपालगन्जमा सबैभन्दा थोरैले मानिसले औषधी खाने गरेका छन् । नेपालगन्जमा गतवर्ष ४९ प्रतिशतले औषधी खाएका थिए । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जनप्रतिनिधिले नै औषधी नखाइदिंदा जनताले औषधी नखाएको टिप्पणी गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राष्ट्रिय अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले औषधी खानेले खाइरहने र नखानेले नखाने गर्नाले अभियान सफल हुन नसकेको बताउनुभयो ।

उहाँले यसपाली सबैलाई औषधी सेवन गरिदिन आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालयकी हात्तीपाइले रोगकी फोकलपर्सन दुर्गा गौतमले यसपाली बाँकेमा उचाईका आधारमा तीन थरीका औषधी खुवाउने जानकारी दिनुभयो ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech