राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा राजन शाही चयन

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७८, शनिबार

नेपालगन्जः राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा राजन शाही चयन हुनुभएको छ । आज नेपालगन्जमा भएको तेस्रो अधिवेशनले तीन वर्षीय कार्यकालका लागि शाहीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संगठनका केन्द्रीय अध्यक्ष राम बहादुर चन्दको प्रमुख आथित्यता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज सुर्य ढकालको विशिष्ठ अथितिमा भएको अधिवेशनमा बोल्ने सहभागीहरुले नेपालको स्वास्थ्य क्षेत्रको सुधारमा राष्ट्रिय स्वास्थ्यकमी संघले प्रभावकारी भूमिका निर्वाह गरेको बताएका थिए ।

सहभागीहरुले पार्टीको गरिमालाई उच्च राख्नेगरी नागरिकको सेवामा जुट्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिएका थिए । त्यस्तै उनीहरुले स्वास्थ्यकर्मीहरुको हकहित र अधिकारका सवालमा संगठनले राज्यको ध्यानाकर्षण गराए ।

तेस्रो अधिवेशनलाई एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, दिपा शर्मा, शान्ति ढकाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय उपाध्यक्ष भिमराज सिंह, संगठनका कर्णाली प्रदेश सचिव सुशिल शाही लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा पाँचसय स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको बताइएको छ ।

  • २१ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech