चौधरी सरकार बक्स पोलिक्लिनिकमा आज निःशूल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्धारा सेवा प्रदान

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७८, शनिबार

नेपालगन्जः ज्ञान, दामोदर स्मृति प्रतिष्ठान र चौधरी हरदत्त एवम् बक्स स्मृति प्रतिष्ठानले चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालिमा आज निःशूल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।

वरिष्ठ फिजिसियन डा संकेत रिसाल 

विश्व नारी दिवसको पूर्वसन्ध्यामा प्रतिष्ठानले निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । त्यसक्रममा फिजिसियन, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग र नाक, कान, घाटी रोग सम्वन्धि विशेषज्ञ सेवा प्रदान गरिएको चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालिका प्रमुख अरविन्द चौधरीले जानकारी दिनुभयो ।

बरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डा दिनेश चौधरी नर्सिङ स्टाफको कान चेकजाँच गर्दै ।

वरिष्ठ फिजिसियन डा संकेत रिसालले फिजिसियन, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा उर्मिला रिसालले स्त्री तथा प्रसूति सेवा, बरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा आर के झाले छाला तथा यौन र बरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डा दिनेश चौधरीले नाक कान र घाटी सम्वन्धि सेवा दिनुभएको छ ।

बरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा आर के झा

शिविरमा चिकित्सक सेवा निःशूल्क गरिएको छ । यस्तै ल्याव सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट गरिएको प्रमुख चौधरीले बताउनुभयो । आज सेवा लिएका विरामीहरुले आगामी २४ गतेसम्म यो सेवा पाउने छन् ।

डा दिनेश चौधरीका अनुसार हरेक वर्षको नारी दिवसमा शिविरले निरन्तरता पाउने बताउनुभयो । सकेसम्म यस्ता शिविर गाउँघरमै आयोजना गरेर महिला दिदी वहिनी सबैलाई सेवा दिने हाम्रो उद्देश्य हो उहाँले भन्नुभयो–‘ तर सबै सेवा ग्रामीण क्षेत्रमा दिन सकिदैन् अस्पतालमै शिविर राख्दा सबै खाले सेवा विरामीले पाउँने भएकाले यही राखिएको हो ।’

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा उर्मिला रिसाल

उहाँले ग्रामीण क्षेत्रमा पनि शिविर राखेर सामाजिक तथा मानवीय सेवामा आफुहरुलाई सम्र्पीत गर्ने योजनामा आफुहरु रहेको बताउनुभयो । यही २४ गते अन्तराष्ट्रिय नारी दिवस मनाइदै छ ।

चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालिका प्रमुख अरविन्द चौधरी

  • २१ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech