निस्सासिएर आमा छोराको मृत्यु

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७८, शुक्रबार

नेपालगन्ज: दैलेखमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उहाँका छोरा रमेश वादी घरभित्र मृत फेला पर्नु भएको हो ।

बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

‘खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब डेढ फिट नजिक सुतेका रहेछन्, उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुलोतिर पुगेर आगो सल्केको पनि पाइयो,’ दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले भन्नुभयो ‘उनीहरूको शरीरको केही भाग पोलिएको पनि छ।’

उहाँका अनुसार ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको छ भने १८ वर्षीय रमेशको हात जलेको छ।

‘पोलिएर भन्दा पनि धुवाँ धेरै भएर निस्सासिएर मृत्यु भएको जस्तो देखिन्छ,’ डिएसपी साहले भन्नुभएको छ ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech