नेपालगन्ज: लुम्बिनी प्रदेश सरकारले प्रदेशका अस्पतालहरुमा विकास समिति अध्यक्ष नियुक्ति गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद वैठकले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल वाहेकका जिल्ला र आयुर्वेद अस्पताल तथा खेलकुद परिषदमा सदस्यहरु नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बतानुभयो ।
प्रवक्ता शर्माका अनुसार रुकुम पूर्व अस्पतालमा गणेश ओली, गुल्मी अस्पतालमा भरत पाण्डे, बर्दिया अस्पतालमा नारायण गौतम, रोल्पा अस्पतालमा फविन्द्र आचार्य, पाल्पा अस्पतालमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पतालमा कृष्णप्रसाद अहिर, पृथ्वीचन्द्र अस्पताल नवलपरासी पश्चिममा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पतालमा कृष्णप्रसाद खनाल, कपिलवस्तु अस्पतालमा शिवलाल यादव नियुक्त हुनुभएको छ ।
यस्तै गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रमा धर्मराज पाण्डे, कपिलवस्तु आयुर्वेद अस्पतालमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रमा कलम रायमाझी, रामपुर अस्पताल पाल्पामा रामप्रसाद ढकाल, प्यूठान अस्पतालमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पतालमा चन्द्रप्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवामा कुलप्रसाद न्यौपाने र रोल्पा आयुर्वेद अस्पतालमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।