बाँकेमा थप २ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी ल्याबमा १० जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएको छैन ।

बाँकेमा सक्रिय संक्रमितको संख्या ११ जनामा झरेको छ । अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । यस्तै थप चार जना डिस्चार्ज भएका छन् ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech