बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७८, शनिबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा ५ जना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्याबमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यस्तै जमुनाहा नाकामा २५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये ५ जना बाँकेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२८ पुगेको छ ।

यस्तै थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५५८ पुगेको छ ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech