बाँकेमा कोभिड अपडेटः सात जना आए, सात जना गए

    • स्वास्थ्य पेज

  • १२ फाल्गुन २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा ६ र एन्टिजेन परीक्षणमा एकजना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्यावमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यस्तै जमुनाहा नाकामा ३१७ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२३ पुगेको छ । यस्तै थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५५२ पुगेको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech