रुपन्देही सरुवा भएका खोपअधिकृत शर्माको विदाई

    • स्वास्थ्य पेज

  • १२ फाल्गुन २०७८, बिहीबार

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माको आज विदाई गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले स्वास्थ्य कार्यालय रुपन्देही सरुवा हुनु भएका खोप अधिकृत शर्माको बिदाइ गरेको हो ।

शर्माले स्वास्थ्य कार्यालय बाँकेमा रहि करिव एक वर्ष सेवा गर्नुभएको हो । बाँकेमा बस्दा शर्माले खोप व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।पछिल्लो समय उहाँले कोरोना महामारीमा कोभिड व्यवस्थापनलाई सहज र प्रभावकारी गराउन ठूलो भूमिका खेल्नुभएको थियो ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष टेकबहादुर केसीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा संघका निबर्तमान अध्यक्ष सरोज शाह, उपाध्यक्ष वीरजंग शाहलगायतले रुपन्देही कार्यकाल सफलताको शुकामना दिनुभएको संघका सहसचिव तेज वलीले जानकारी दिनुभयो ।

‘शर्मा स्वास्थ्य कार्यालय बाँकेमा रहेर बाँके जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने कार्य सफल बनाउनु भएको थियो सहसचिव वलीले भन्नुभयो–‘कोभिड विरुद्धको खोप अभियानमा समेत उल्लेख योगदान पुर्याउनुभएको थियो ।’

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech