नेपालगन्जः बाँकेमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६५ जनाको नमुना जाँच गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ७ र मेडिकल कलेज कोहलपुरमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९२३ पुगेको छ । यस्तै थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५४६ पुगेको छ ।