नेपालगन्जः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानका कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई नियुक्त गर्नुभएको हो ।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन जनाको नाम सिफारिस गर्नुभएको थियो ।
सिफारिस समितिले डा ऋषिकेश नारायण श्रेष्ठ, डा विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये समितिले तीन जनालाई छनोट गरेर सिफारिस गरेको थियो।