नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकासँग सीमा जोडिएको जानकी गाउँपालिकाले आजदेखि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
नागरिकको सेवाका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताउनुभयो ।
गाउँपालिकाभित्रका गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिक लगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको उहाँको भनाइ छ ।
नागरिकलाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्न एम्वुलेन्स सेवा संचालनमा ल्याइएको उहाँको भनाइ छ । जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभयो । उहाँले एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अव अन्त्य हुने बताउनुभयो ।