बाँकेमा थप १६ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा १५ र एन्टिजेन परीक्षणमा एकजना गरी १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । यस्तै जमुनाह नाकामा १७५ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका दुई जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९१९ पुगेको छ । यस्तै थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५४३ पुगेको छ ।

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech