पछिल्लो २४ घण्टामा तीन सय ८८ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय पाँच जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५२ हजार पाँच सय ९९ जना पुगेको छ । यही अवधिमा थप चार जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २५ जना पुगेको छ ।

अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच थप आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ । अहिलेसम्म १८ वर्षमाथिका कुल जनसङ्ख्याको ९० दशमलव आठ प्रतिशत र १२ देखि १७ वर्ष उमेर समूहको ८८ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् ।

  • ९ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech