कोरोनाबाट २७ वर्षीय युवकको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा गुलरिया नगरपालिका–८ बर्दियाका २७ वर्षीय युवाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । उनलाई माघ २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनी घरमै आइसोलेसन बसेका थिए । अवस्था जटिल बन्दै गएपछि फागुन ७ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका उनको गएराती मृत्यु भएको हो । उनले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका थिए ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ४४८ पुगेको छ ।

  • ९ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech