नेपालगन्जः बाँकेमा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा १५ जना र एन्टिजेन परीक्षणमा एक जनागरी १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा २, मेडिकल कलेज कोहलपुरमा १० र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएका छन् । यी तीनवटा ल्यावमा १०४ जनाको नमुना परीक्षण गरिएको थियो ।
यस्तै जमुनाह नाकामा २३२ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा भाइरस संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका चारजना छन् ।
योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९१३ पुगेको छ । यस्तै थप १४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ५२३ पुगेको छ ।