नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–९ बर्दियाकी ३६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
माघ २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनी त्यसैदिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकी उनको गएराती मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४४७ पुगेको छ ।