उषा गौतम भेरी अस्पताल विकास समितिको सदस्यमा मनोनित

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७८, शुक्रबार

नेपालगन्जः सरकारले उषा गौतमलाई भेरी अस्पताल विकास समितिको सदस्यमा मनोनित गरेको छ ।

मन्त्रिपरिषदको बैडकलले गौतमलाई तीन वर्षीय कार्यालयका लागि समितिको सदस्यमा मनोनित गरेको हो । गौतम समाजवादी महिला संघ बाँकेका इन्चार्ज हुनुहुन्छ । उहाँलाई गठबन्धन कोटाबाट मनोनित गरिएको बताइएको छ ।

यसअघि काँग्रेसबाट विमल चन्दलाई सदस्यमा मनोनित गरेको थियो । अध्यक्ष प्रमोद धिताल माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा आवद्ध हुनुहन्छ ।

समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई सरकारले हटाइसकेको छ । उहाँहरु एमालेको कोटाबाट समितिको सदस्य बन्नुभएको थियो ।

  • ६ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech