कैलालीमा दुई जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७८, शुक्रबार

नेपालगन्जः कैलालीमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकजना कैलाली र एक जना कञ्चनपुरका रहेका छन् । सेतीमा उपचाररत गोदावरी नगरपालिका–४ का ८२ वर्षीय पुरुष र पुनर्वास नगरपालिका– ७ का ८० वर्षी पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • ६ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech