नेपालगन्ज: पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुने गर्छ । मस्तिष्कको कुनै भागमा रक्तप्रवाह हुन नसकेमा त्यो भाग निस्क्रिय हुन्छ । त्यस भागले नियन्त्र गर्ने शरीरको अगं समेत निस्क्रिय हुन्छ । यसलाई नै स्ट्रोक वा पक्षघात भनिन्छ ।
पछिल्लो समय पक्षघात भएका बिरामीहरुको संख्या बढ्दो छ । प्राय सुगर , जाड रक्सी र धूम्रपान गर्नेमा यो रोग बढी देखिन्छ । आहार विहार, आचरण र विचार, मादक पदार्थको सेवन, व्यायामरहित जीवनशैलीको कारणले गर्दा शरीरको स्नायु प्रणाली बिस्तारै बिस्तारै कामजोर हुन थाल्छ ।
समयमै उपचार पाउँदा पक्षघात भएको बिरामीलाई धेरै हदसम्म ठीक गर्न सकिने र जोखिम कम गर्न सकिने चिक्त्सिकहरु बताउँछन् । यसका सम्भावित लक्षण चिंह देखिए तुरुन्तै चिकित्सकको परामर्श लिन सके ठूलो दुर्घटना टर्न सक्छ ।
केहिदिन अघि नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा पनि यसै विषयमा छलफल गरिएको थियो । पक्षघात भएका बिरामीहरु दिनप्रतिदिन बढेको भन्दै सकेसम्म उपचारको पहुचमा बिरामीलाई कसरी ल्याउन सकिन्छ भन्ने विषयमा जिल्लामा रहेका फिजिसियन, अर्थोपेडिक्स सर्जन, न्यूरो सर्जन लगायतले छलफल गरेका थिए ।
कार्यक्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत वरिष्ठ नशा रोग विशेषज्ञ डा.अभिनाश चन्द्रले पक्षघात, यसको उपचार, पछिल्लो समय नेपालमा यसको अवस्था लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । नेपालगन्ज जेसिजको आयोजनामा “Stroke Management Beyond Boundries” शिर्षकमा नेपालगन्ज स्थित एक होटलमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्ट्रोक भयर आएका बिरामीहरुलाइ समयमै अस्पताल पुर्याउन सके धेरै बिरामीहरुलाइ बचाउन सकिने धारणा राखेका थिए । पानस फर्मास्युटिकल्सको सहयोगमा भएको कार्यक्रममा जर्मनिको एन्जल्स इनिसियटिभका डा क्रिसी ट्रन्क लगायतको सहभागिता थियो ।