कुष्ठरोगी फेला पार्नेलाई पाँच सय पुरस्कार !

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पताल आइएनएफले कुष्ठरोगी फेला पार्नेलाई रु पाँच सय पुरस्कार दिँदै आएको छ ।

कुष्ठरोगीको पहिचान, उपचार र निवारणमा टेवा पु¥याउने उद्देश्यले अस्पतालले यो अफर ल्याएको अस्पतालका प्रमुख मंगल थारुले जानकारी दिनुभयो ।

अहिलेसम्म ६ जनाले पाँच सय पुरस्कार हात पारिसकेका छन् । यो अफर यही सेप्टेम्वर महिनासम्मका लागि मात्रै हो । ‘सेवा पनि मेवा पनि’ भन्ने नारा दिइएको यो अफरमा प्रति नयाँ कुष्ठरोगीका विरामी पत्ता लगाउनेलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यसका लागि सम्भावित लक्षण चिन्ह देखिएका व्यक्तिहरुलाई अस्पतालमा पठाउनु पर्नेछ । अस्पतालले गरेको परीक्षणमा कुष्ठरोगी पहिचान भए पठाउने व्यक्तिलाई पाँच सय पुरस्कार प्राप्त गर्नेछ । यो अस्पतालमा कुष्ठरोगीका विरामीको निःशूल्क उपचार हुने गरेको छ ।

उपचारपछि घर फर्किदा यातायात खर्चवाफत थप एक हजार रुपैयाँ समेत पाउने प्रमुख थारुले बताउनुभयो । सरकारले कुष्ठरोगीको पहिचान र उपचार निःशूल्क गर्ने व्यवस्था मिलाएको छ । कुष्ठरोगीको पहिचान भएर समयमै उपचार पाए अंगभंग हुनबाट जोगाउन सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

  • ६ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech