बाँकेमा कोरोना संक्रमण दर दैनिक घट्दै, १३ जना थपिए, ११ जना निको भए

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १० र एन्टिजेन परीक्षणबाट ३ गरी १३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा २, कोहलपुर मेडिकल कलेजमा ५ र बागेश्वरी ल्यावमा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यी तीन अस्पतालमा ७५ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३४० जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ५ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९०८ पुगेको छ ।

यस्तै थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४९८ पुगेको छ ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech