९ हजार ७ सय ५६ नमुना परीक्षण गर्दा ६ सय ३९ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार सात सय ५६ जनाको नमुना परीक्षण गर्दा ६ सय ३९ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय जना निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । अहिले नेपालमा १८ हजार दुई सय ५१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित स्वास्थ्य मन्त्रालयले जनाएको छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech