सरकारद्धारा विमल चन्दलाई भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः सरकारले भेरी अस्पताल विकास समितिको सदस्यमा विमल चन्दलाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि चन्दलाई भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरेको हो ।

कोटमौला–५ सल्यान निवासी चन्द हाल नेपालगन्जमा बस्दै आउनुभएको छ । मन्त्रालयले यसअघि समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई हटाएको थियो ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech