२४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २० हजार भन्दा कम

    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितमध्ये ९ लाख ४२ हजार ७३७ जना निको भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech