नेपालगन्ज: लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा आज ५७ जनालाई विभूषित गरेको छ । प्रदेश राजधानी दाङको भालुवाङमा एक कार्यक्रमको आयोजना गरी विभूषित व्यक्तिहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पदक प्रदान गर्नुभएको हो ।

पदक ग्रहण गर्दै डा कविता
विभूषित हुनेमा एक चिकित्सक दम्पति समेत रहेका छन् । बर्दिया अस्पतालका मेसु डा सुभाष पाण्डे र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत सह–प्राध्यापक तथा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कविता सिन्हा विभूषित हुनुभएको हो ।
पाण्डेलाई प्रदेश सेवा समर्पण पदक ‘ख’ बाट र सिन्हालाई समाजसेवा श्री पदकबाट विभूषित गरिएको छ । यस्तै नेपालगन्ज मेडिकल कलेजमा कार्यरत फिजिसियन डाक्टर आसिम किदवाई समाजसेवा श्री पदकबाट विभूषित गरिएको छ ।

पदक ग्रहण गरेपछि डा कविता र डा आसिम
डा पाण्डेले बर्दिया अस्पतालमा कोरोना संक्रमितको उपचारमा चिकित्सकिय एवं ब्यबस्थापकिय रुपमा बिशेष योगदान पुर्याई संक्रमितहरुको उपचारमा सहज ब्यबस्था मिलाएको प्रदेश सरकारले जनाएको छ ।

पदक ग्रहण गरेर स्टेशबाट फर्किदै डा सुभाष
डा सिन्हाले काठमाडौं उपत्यका बाहिर पहिलो पटक कोभिड–१९ संक्रमित प्रसुतिको शल्यक्रियाका साथै कोभिडको समयमा प्रसूतिहरुको उपचार गरेको प्रदेश सरकारले जनाएको छ।
डा किदवाईले कोरोनाका विरामीलाई प्लाज्मा थेरापी उपचार विधिमा योगदान पु¥याएकाले विभूषित गरिएको बताइएको छ ।
त्यस्तै जिल्ला अस्पताल बर्दियामा कार्यरत जनरल सर्जन डा विजय उपाध्यायलाई पनि प्रदेश सरकारले प्रदेश सेवा पदक ख प्रदान गरेको छ ।

पदक ग्रहण गर्दै डा विजय
प्रदेश सरकारले आज स्थायी राजधानी भालुवाङमा एक कार्यक्रमको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५७ जनालाई विभूषित गर्नेक्रममा डा पाण्डे, डा सिन्हा, डा उपाध्याय र डा किदवाईलाई पनि विभूषित गरेको हो ।