बाँकेमा थप ३० जनामा कोडिभ पुष्टि

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २२ र एन्टिजेन परीक्षणबाट ८ गरी ३० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १५, कोहलपुर मेडिकल कलेजमा ५ र बागेश्वरी ल्यावमा २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यी तीन अस्पतालमा ७९ जनाको नमुना जाँच भएको थियो । यस्तै भारतबाट फर्किने ३६७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका १३ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ८९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४५० पुगेको छ ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech