नेपालगन्ज: नेपालगन्जमा सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टीक सेन्टर सञ्चालनमा आएको छ ।
विशेषज्ञ सेवा सहित बिरामीहरुलाई सेवा दिने उद्देश्यका साथ नेपालगन्ज बिपी चोक नजिक सेन्टर सञ्चालनमा ल्याईएको यसका सञ्चालक शेख रेयाजुल हकले जानकारी दिनुभयो । सेन्टरबाट कन्सल्टेन्ट फिजिसियन डा.अल्तबान राही, कन्सल्टेन्ट ईएनटी सर्जन डा.आनन्द कुमार झा र अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले सेवा दिनुहुनेछ ।
औपचारीक रुपमा आजैबाट सेवा सुरु गरेको सेन्टरले आउँदो १५ गतेसम्म चिकित्सक परामर्श नि:शुल्क गर्ने जनाएको छ । साथै आउँदो चैत्र ३१ गतेसम्म सुगर जाँच कुनैपनि समय नि:शुल्क हुने सञ्चालक हकले बताउनुभयो ।