भेरोसेलको दुवै मात्रा खोप लगाएका २३ वर्षीय युवाको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०७८, आईतवार

नेपालगन्जः भेरोसेलको दुवै मात्रा खोप लगाएका खजुराका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बाँके खजुरा गाउँपालिका– २ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । माघ २७ गते पीसीआर गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो ।

त्यही दिन भर्ना गरिएको आज विहान भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech