बाँकेमा २४ जना संक्रमित थपिँदा कति छन् सिकिस्त विरामी र भेन्टिलेटरमा ?

    • स्वास्थ्य पेज

  • २७ माघ २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट २० र एन्टिजेन परीक्षणबाट ४ जनागरी २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १४, कोहलपुर मेडिकल कलेजमा ४ जना र बागेश्वरी ल्यावमा २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

यी तीन अस्पतालमा ६३ जनाको नमुना जाँच भएको थियो । यस्तै भारतबाट फर्किने ३०८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका १२ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ३९२ पुगेको छ । अस्पतालमा मध्यमखाले २६ जना, २ जना सिकिस्त विरामी छन्। यस्तै एकजनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech