नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणबाट ३९ र एन्टिजेन परीक्षणबाट ७ जनागरी ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
भेरी अस्पतालको पीसीआर ल्यावमा १८, कोहलपुर मेडिकल कलेजमा १२ जना र बागेश्वरी ल्यावमा ९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी तीन अस्पतालमा ७३ जनाको नमुना जाँच भएको थियो । बाँकेमा संक्रमण दर अझैपनि ५० प्रतिशत बढी छ । आजको रेसियो हेर्दा परीक्षण भएकामध्ये ५३.४२ प्रतिशतमा कोरोना देखिएको हो ।
यस्तै भारतबाट फर्किने ३२९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका १८ जना छन् ।
योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ३२० पुगेको छ ।