औषधिको मुल्य समायोजनका लागि कार्यविधि बनाउन विभागलाई सरकारको निर्देशन

    • स्वास्थ्य पेज

  • २५ माघ २०७८, मंगलवार

नेपालगन्जः सरकारले औषधिको वैज्ञानिक मुल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ।

सोमबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा औषधिको मुल्य निर्धारण, मुल्य समायोजन तथा विभागको पुर्नसंरचनाका विषयमा छलफल भएको थियो।

सो छलफलबाट विभागलाई औषधिको मुल्य निर्धारणका लागि कार्यविधि तयार गर्न तथा विभागको पुर्नसंरचना गर्न निर्देशन प्राप्त भएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिनुभयो ।

यस्तै औषधि ऐनलाई पनि समयसापेक्ष रुपमा परिवर्तन गर्ने विषयमा पनि छलफल भएको भट्टराईको भनाइ छ।

बैठकमा विभागका महानिर्देशक भट्टराई, विभागका सूचना अधिकारी सन्तोष केसी, औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी, राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी लगायत सहभागि हुनुहुन्थ्यो ।

 

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech