भेरी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ माघ २०७८, मंगलवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

टिकापुर नगरपालिका- ८ कैलालीकी ६८ वर्षीया महिलाको उपचारकाक्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी माग २४ गते भेरीमा भर्ना भएकी थिइन । उनको त्यसैदिन पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको आज मध्याह्न साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

यो संगै उपचारका लागि ल्याइएका बाहिरी जिल्लाका ४४४ जना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech