बाँकेमा पछिल्लो २४ घण्टामा ४५ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २४ माघ २०७८, सोमबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट ३२ र एन्टिजेन परीक्षणबाट १३ जनागरी ४५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १७, कोहलपुर मेडिकल कलेजमा ५ जना र बागेश्वरी ल्यावमा १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी तीन अस्पतालमा ११४ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३२३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका १८ जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८१७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार २७० पुगेको छ ।

 

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech