नेपालगन्जः एनेस्थेसियोलोजिष्ट डा कमला सुवालको निधन भएको छ । उहाँ विगत ३ वर्षदेखि बिरामी हुनुुहुन्थ्यो । उहाँले लामो समय वीर अस्पतालमा एनेस्थेसियोलोजिष्टका रुपमा काम गर्नुभयो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले निमोनियाका कारण डा. सुवालको निधन भएको जानकारी दिनुभयो ।
निर्देशक श्रेष्ठका अनुसार पहिला–पहिला एनेस्थेसियोलोजिष्ट कम हुने भएकाले डा सुवालले प्रसुती अस्पतालमा पनि लामो समय पार्ट टाइम काम गर्नुभएको थियो ।