कोरोनाबाट ११ को मृत्यु, १३८६ जना संक्रमित

    • स्वास्थ्य पेज

  • २३ माघ २०७८, आईतवार

नेपालगन्जः देशभर पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित रहेका छन् ।

 

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech